Advertisement
विज्ञापन

एक महिनामै भित्रिए १ लाख २८ हजार पर्यटक



3f]8]kfgLdf ko{6s DofUbL, !* sflQs M DofUbLsf] cGgk"0f{ ufpFkflnsf–^ l:yt 3f]8]kfgL e|d0fdf cfPsf ko{6s . kl5Nnf] k6s 3f]8]kfgLnufot DofUbLsf ko{6sLo:yndf ko{6ssf] cfudg / rxnkxn a9]sf] 5 . tl:a/M ;Gtf]if uf}td÷/f;;
Advertisement
विज्ञापन

काठमाडौं । एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् ।

चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साहजनक देखिएको तथ्यांक छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो ।


Advertisement
Advertisement
Advertisement

नेपालमा पर्यटकीय याम फेब्रुअरीबाट सुरु हुन्छ । मार्च र अप्रिलमा बढ्छ । त्यसपछि वर्षायाम सुरु हुन्छ । त्यसपछि भने आगमन केही कम हुने गर्छ ।

बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत धेरै हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए ।

तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भम्रणका लागी आएका थिए। सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

 

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad