Advertisement
विज्ञापन

गुल्मीमा पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता



Advertisement
विज्ञापन

गुल्मी।गुल्मीको गुल्मीदरबार गाउँपालिका- २ घोरा उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारू खोलामा डुबेर बेपत्ता भएका छन् । शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारू डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए ।

बेपत्ता भएलगत्तै मजुवा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमान्डमा प्रहरी टोली र स्थानीयहरूले खोजतलास गरे पनि फेला नपरेकाले आज पुनः खोलतलासका लागि सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गएको छ ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad