सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड
नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भइरहेको छ। सुन मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार एक सय रूपैयाँ बढेको हो।र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो।