Advertisement
विज्ञापन

रुपन्देहीमा वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ



Advertisement
विज्ञापन

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षिया वृद्धको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा– ६ घर भइ सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेली मंगलबार राति आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन ।

उपचारको क्रममा भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भटटले अनुसन्धानका क्रममा सोही वडामा २९ वर्षका प्रभुनाथ थारुले रिसइबी साधेर कुटपिट गरी हत्या गरेको खुल्नमा आएको बताए ।


Advertisement
Advertisement
Advertisement

पक्राउ परेका थारुको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए । वृद्धाले होच्याएर बोलाउने गरेको रिसइबीमा थारुले वृद्धको हत्या गरेको अनुसन्धानबाट खुलेको भटटले बताए । प्रहरीका अनुसार पक्राउ परेका थारुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad