Advertisement
विज्ञापन

गुल्मीमा थुमपार्क लालीगुराँस महोत्सव हुने



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा थुमपार्क लालीगुराँस महोत्सव हुने भएको छ । आगामी चैत्र १५ गतेदेखि जिल्लाको मुसिकोट नगरपालिका – ३ मा थुमपार्क लालीगुराँस महोत्सव हुने भएको हो ।लाली गुराँस फुलेर ढनमक्क भएको यो अवसरमा आन्तरिक पर्यटक प्रर्वधन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त अधिकारीले जानकारी दिए ।

साथै महोत्सवमा खुला भलिवल प्रतियोगिता, खुला रेकर्ड डान्स प्रतियोगिता, नौमती बाजा, सरायनाच, साथै बृहत सास्कृतिक कार्यक्रम साथै खानाका विभिन्न परिकार र नाईट स्टे गर्ने लगायतका कार्यक्रम हुने संयोजक अधिकारीले बताए ।


Advertisement
Advertisement
Advertisement

भलिवल खेलमा प्रथम पुरस्कार रु ३५ हजार मेडल, ट्रफी र प्रमाणपत्र, द्दितिय पुरस्कार रु २५ हजारमेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ । साथै सेमीफाईनलमा पुग्ने टिमलाई आकर्षक पुरस्कारको ब्याबस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा रेकर्ड डान्स प्रतियोगिता, सरायनाच, भैलो तथा नौमती बाजा प्रर्दशन तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

थुमा लालीगुराँस पार्कको पर्यटन प्रर्वद्धन संगैआन्तरिक तथा बाह्य पर्यटन भित्राउन प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थुम मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष ओम बहादुर केसीले बताए । थुमा पार्क र यसक्षेत्र धार्मिक हिसाबले पनि ऎतिहासिक महत्त्वपूर्ण मानिन्छ ।आयोजकले महोत्सवको मिति नजिकिएसंगै प्रचारप्रसार र व्यावस्थापनको तयारीलाई तीव्र पारेको छ ।

देश तथा विदेशबाट संकलन भएको सहयोग मार्फत महोत्सव गर्न लागिएको हो । महोत्सव आगामी चैत्र १५, १६ र १७ गते हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा,सम्झना भण्डारीको विशेष प्रस्तुति रहने छ । साथै कार्यक्रममा हास्य कलाकार पुरुषोतम भण्डारी पुर्खे बा लगायतका कालाकारको पस्तुति रहने आयोजकले जनाएको छ ।गुल्मी खबर



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad