Advertisement
विज्ञापन

सुनको मूल्य बढ्दा घट्यो चाँदी



Advertisement
विज्ञापन

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ।चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय ५ रूपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad