Advertisement
विज्ञापन

प्युठानमा महावीरले बेचे करिव ११ लाखको पुस्तक



Advertisement
विज्ञापन

प्युठान। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आत्मकथा प्युठानमा झण्डै १ हजार ४४९ थान विक्री भएको छ।प्युठानमा चार दिन बसेर १ हजार ४४९ थान पुस्तक बिक्री गर्दा १० लाख ८६ हजार ७५० रुपैयाँ संकलन भएको पुनले जानकारी दिए।

पुस्तकको मुल्य ७५० रुपैया तोकिएको छ।३ लाख पुस्तक बेच्ने लक्षय बोकेका पुनले अहिलेसम्म ७० हजार पुस्तक विक्री भएको बताए ।उनले बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए।


Advertisement
Advertisement

जिल्लामा पुनलाई सरकारी निकाय, निजी संघसस्था र नागरिक समाजका अगुवाहरुले स्वागत एवं सम्मान गरे। किताब किन्न र पुनसँग तस्वीर खिच्न तँछाडमछाड नै चलेको थियो ।

पुस्तक बिक्रीका लागि सहजीकरण गरिरहेका लायन्स क्लव धर्मावतीका अध्यक्ष बासुदेव थापाले पनि प्युठानमा करिव ११ लाख मूल्य बराबरको पुस्तक बिक्री भएको बताए।

३० वर्षदेखी बन्द अवस्थामा रहेको वीरगँज कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आफैले लेखेको आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन सोमबार साझ अर्घाखांची पुगेका छन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement