Advertisement
विज्ञापन

रुपन्देहीमा होलीका क्रममा ४ दुर्घटना, १ जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ।

होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


Advertisement
Advertisement
Advertisement

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षीय प्रवीण कँडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा

अनियन्त्रित भएर दुर्घटना भएको तथा कँडेललाई उपचारका लागि अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad