Advertisement
विज्ञापन

नेप्से सूचक १७ अंकले घट्यो



Advertisement
विज्ञापन

काठमाडौँ । चार दिनपछि एकैपटक सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.०१ अंकले घट्दै २ हजार ३१.५५ अंकमा झरेको हो ।

त्यसो त यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६४ अंकले घट्दै ३६०.७७ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै आज कारोबार समेत केही घट्दै २ अर्ब ४८ करोड ९१ लाखमा झरेको छ ।
आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन्। आज पनि शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोर्टलर्स नेपाल (बालाजु) को सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । तर किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले भने आज समान १० प्रतिशतले गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad