Advertisement
विज्ञापन

बढ्यो सुन–चाँदीको मूल्य



Advertisement
विज्ञापन

आज नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement
Advertisement

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १५ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad