Advertisement
विज्ञापन

आठ महिनामा ३२ अर्बको खाद्यान्न भित्रियो



Advertisement
विज्ञापन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०(०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको ६९ करोड ७१ लाख ९८ हजार ८६४ किलोको खाद्यान्न आयात भएको हो।

सो अवधिमा ७४ लाख ८० हजार रुपैयाँ खाद्यान्न मात्रै नेपालले निर्यात गर्न सकेको छ। यस्तै, नेपालले खाद्यान्नमा ३२ अर्ब २८ करोड ३४ लाख ८९ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । यस्तै सो कारोबारबाट सरकारले २ अर्ब ६ करोड २६ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


Advertisement
Advertisement
Advertisement

कुन खाद्यान्नको कति आयात
नेपालमा धान, चामल, गहुँ, मकै, फापर, जौँ, कोदो लगायत विभिन्न खाद्यान्न वस्तु आयात हुन्छ । यी वस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात गरिन्छ ।

चालु आर्थिक वर्षको आठ महिनामा २० करोड ७९ लाख २ हजार १६० किलो मकै आयात हुँदा ९ अर्ब २ करोड ७५ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ । भारत, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीबाट सो मकै आयात भएको विभागको तथ्याङ्क छ ।

नेपालले आठ महिनामा १८ करोड ६१ लाख ७४ हजार ३३६ किलो गहुँ र जौँ आयात गरेको छ । सोबाट ७ अर्ब ५८ करोड ७ लाख २७ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गहुँ र जौँ भारत, मेक्सिको, जर्मनीबाट आयात भएको हो ।

यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा २० करोड ७९ लाख २ हजार १६० किलो मकै आयात हुँदा ९ अर्ब २ करोड ७५ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ । भारत, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीबाट सो मकै आयात भएको विभागको तथ्याङ्क छ ।

यस्तै, यही अवधिमा २९ करोड ५ लाख ६ हजार २०४ किलो धान र चामल आयात भएको छ । १५ अर्ब ४ करोड ५१ लाख २ हजार रुपैयाँको सो धान र चामल आयात भएको हो । नेपालमा चीन, भारत, थाइल्याण्ड, इन्डोनेसिया, नामिबियाबाट धान र चामल आयात हुन्छ ।

यस्तै, फापर, कोदो लगायत विभिन्न अन्न १ करोड २६ लाख १६ हजार १६४ किलो आयात भएको छ । सोबाट ६३ करोड ७५ लाख ८६ हजार रुपैयाँ बाहिरिएको छ । यो अन्न भारत, जापान, अस्ट्रेलिया लगायत मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी धान र चामल आयात

चालु आर्थिक वर्षमा खाद्यान्नमा सबैभन्दा बढी धान र चामल आयात भएको छ । चीन र भारतबाट ८ अर्ब ६४ करोड ८८ लाख ८९ हजार रुपैयाँ बराबरको २२ करोड ८३ लाख ६० हजार ३६५ किलो धान आयात भएको छ ।

यस्तै, २ अर्ब १५ करोड ८७ लाख ६९ हजार रुपैयाँको २ करोड ९० लाख ४८ हजार ५५९ किलो पोलिस चामल आयात भएको छ । नामिबिया, थाइल्याण्ड, इन्डोनेसिया, भारत, चीनबाट पोलिस चामल ल्याइएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

आठ महिनामा २२ हजार ९९१ किलो कनिका पनि आयात भएको छ । सो बराबर १२ लाख ३० हजार रुपैयाँ बाहिरिएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा ३ करोड ३० लाख ७४ हजार २९० किलो बासमती चामल आयात भएको छ । सो बापत ४ अर्ब २३ करोड ६२ लाख १३ हजार रुपैयाँ बाहिरिएको छ । चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्याण्ड, लगायत मुलुकबाट सो चामल आयात भएको विभागको तथ्याङ्क छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad