Advertisement
विज्ञापन

स्ववीयु बुटवल बहुमुखी क्याम्पसले दियाे क्याम्पस प्रशासनलाई कुनै पनि परीक्षा गर्न नदिने चेतावनी



Advertisement
विज्ञापन

बुधबार , चैत ०७ बुटवल स्वतन्त्र विधार्थी युनियन बुटवल बहुमुखी क्याम्पसले एक विज्ञत्ति जारि गर्दै प्रथम वर्ष काे परिक्षाकाे नतिजा नआँउदा सम्म क्याम्पसमा स्नातक तहका कुनै पनि परीक्षा गर्न नदिने चेतावनी दिएको हाे ।यसभन्दा अघि पनि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सेमेस्टरको तीन महिनामा र वार्षिक प्रणालीको ६ महिनाभित्र नतिजा सार्वजनिक नगरे त्रिविको परीक्षा हुनै नदिने विद्यार्थीले चेतावनी दिएका छन् ।

पनिकाले गत वैशाखमा लिएको  मानविकी तथा सामाजिक शास्त्रको पहिलो वर्षको वार्षिक परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक नगरे पछि विद्यार्थीले परीक्षा सञ्चालन गर्न नदिने विद्यार्थीले चेतावनी दिएका हुन् ।


Advertisement
Advertisement
Advertisement

विद्यार्थीले सेमेस्टर प्रणालीको परीक्षाको नतिजा तीन महिनाभित्र र बार्षिक परीक्षा प्रणालीको नतिजा ६ महिनाभित्र सार्वजनिक नगरे देशैभर परीक्षा सञ्चालन गर्न नदिने अभियान चलाउने विद्यार्थीले चेतावनी दिएका छन् ।

त्रिविको पछिल्लो समय देखिएको सबैभन्दा ठूलो रोग भनेको समयमै परीक्षा नहुनु र समयमै नतिजा नआउनु भएको हुँदा विद्यार्थीले यस्तो चेतावनी दिएका हुन् ।

 

 

 

आज स्वतन्त्र विधार्थी युनियन बुटवल बहुमुखी क्याम्पसले एक विज्ञत्ति जारि गर्दै प्रथम वर्ष काे परिक्षाकाे नतिजा नआँउदा सम्म क्याम्पसमा स्नातक तहका कुनै पनि परीक्षा गर्न नदिने चेतावनी दिएको हाे

त्रिविको यस्तो लापरबाहीले गर्दा विद्यार्थीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानसिक तनाव थपिनुका साथै विश्वविद्यालयको शिक्षा पद्धति प्रति निराशा उत्पन्न गराएको स्वतन्त्र विद्यार्थी युनियन बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष दुर्ग बहादुर एससीले बताए । समयमा परीक्षा तथा नतिजा सार्वनिक नगर्दा विद्यार्थीहरू विभिन्न अवसरबाट बञ्चित समेत हुनु परेको उनको दाबी छ । ‘यो एउटा समस्या मात्र नभई रोगको रूपमा देखा परेको छ।’ उनले भने, ‘जसले विद्यार्थी वर्गको भविष्यलाई नै अन्धकारमा धकेलिदिएको छ ।’

उनले पनिकाले गत वैशाखमा सञ्चालन भएको ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित तथा आंशिक परीक्षाको नतिजा १० महिना भन्दा बढि समय हुदा समेत प्रकाशन नभएकाले स्ववियु बुटवल बहुमुखी क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘ जवसम्म परीक्षाको नतिजा प्रकाशन गरिदैन तबसम्म बुटवल बहुमुखी क्याम्पसमा ४ वर्षे वार्षिक कार्यक्रम अन्तर्गतका परीक्षा सञ्चालन गर्न नदिने जानकारी क्याम्पस प्रमुख मार्फत पनिकालाई जानकारी गराउदछौ।’ उनले भने ।

त्रिविले निर्धारित समयमा नतिजा सार्वजनिक नगर्दा त्रिवि स्नातक प्रथम वर्षमा नयाँ र पुराना गरी दुइटा ब्याच छन्। दोस्रो वर्षमा पनि नयाँ र पुरानो गरी दुइटा ब्याच छन्। पुरानो दोस्रो ब्याचका विद्यार्थी पुसमा कक्षा सकेर परीक्षाको पर्खाइमा छन। नयाँ दोस्रो वर्षको कक्षा सञ्चालन भइरहेको छ

विज्ञप्ति

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad