Advertisement
विज्ञापन

रूरूक्षेत्र गाउँपालिका नगरवासीले निःशुल्क रगत पाउने



Advertisement
विज्ञापन

गुल्मी। गुल्मीको रूरूक्षेत्र गाउँपालिका का नागरिकले निशुल्क रगत पाउने भएका छन् ।रूरूक्षेत्र गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र रुपन्देही बिच निस्शुल्क रगत उपलब्ध गर्ने गरि हिजो सम्झौता भएको हो ।

रक्त सञ्चार केन्द्रमा बुटवलआयोजित एक कार्यक्रममा रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने र सदस्य सचिव राधा ज्ञवालीको सहभागितामा रूरू क्षेत्र गाउँपालिकाले निशुल्क रगत पाउने गरि सम्झौता भएको हेल्थ असिस्टेन्ट अमृत ज्ञवालीले रुरुएफ एमलाई बताए ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा रूरूक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रूरूका सेवाग्राहीलाई लक्षित गरि सेवाको भावनाका साथ काम अघि बढाएको बताए । केन्द्रले मासिक रुपमा रगत उपलब्ध गराएको रिपोर्ट पठाउने र त्यसवापत भुक्तानी हुने उनले बताए ।

रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए ।

रुरुक्षेत्र गाउँपालिकाले फागुन २७ गते स्थानिय तह स्थापना दिवसको अवसरमा नव निर्मित प्रहासकिय भवन परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad