Advertisement
विज्ञापन

माओवादी स्थायी समिति बैठक भोलीका लागि सर्‍यो



Advertisement
विज्ञापन

काठमाडौं ।आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरको छ। गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलीका लागि सारिएको हो।

अब सो बैठक भोली पेरिस डाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ। सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिने जनाइएको छ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad