Advertisement
विज्ञापन

गुल्मीका प्रशान्त तिवारी बने विश्वकै उत्कृष्ट सफ्टवयेर इन्जिनियर



Advertisement
विज्ञापन

गुल्मी ।गुल्मी  आँपचौरका प्रशान्त तिवारी बने विश्वकै उत्कृष्ट जापानको चर्चित अटो कम्पनी ‘निसान’मा सफ्टवयेर इन्जिनियर।विश्वकै उत्कृष्ट जापानको चर्चित अटो कम्पनी ‘निसान’ले जापानका उत्कृष्ट विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई आकर्षक जबको अफर गर्ने गर्दछ ।सोही अन्तरगत गुल्मीको मुसिकोट नगरपालिका -५ आँपचौरका युवा प्रशान्त तिवारीले जापानको खानागाबा केनको योकोहामामा रहेको निसान मोटर्सको मुख्य कार्यालयमा सोफ्टवेर इन्जीनियर तथा डाटा साइनटिष्टमा जब प्राप्त गर्न सफल हुनुभएको हो ।

जापानको ओसाकामा रहेको रिचुमेइखान युनिभर्सिटीमा कम्प्यूटर साइन्स तथा इन्जीनियरिङ्ग तेस्रो बर्षमा अध्ययनरत तिवारीलाइ अध्ययन पुरा हुनु एक बर्ष अगावै जब सुरू गर्ने गरी निसान मोटर्स कर्पोरेसनले सफटवयेर इन्जिन्यर तथा डाटा साइनटिष्टमा रोज़गारीको सुनौलो अवसर प्रदान गरेको हो ।


Advertisement
Advertisement

काठमाण्डौको ज्ञानेश्वरमा रहेको ग्यालेक्सी पब्लिक स्कुलबाट दश कक्षा उत्तीणर् प्रशान्त ललितपुरको प्रसादी एकेडमीबाट विज्ञान विषयमा प्लस-टु पास गर्नुभएको थियो । सानै उमेर देखी कम्प्युटरमा रूची राख्ने प्रशान्तले जापानको ओसाकामा रहेको रिचुमेइखान युनिभर्सिटीमा कम्प्यूटर साइन्स तथा इन्जीनियर पढ्दै हुनुहन्छ । विश्वविद्यधालयको पढाइमा अब्बल मात्र होइन अंग्रेज़ी परिक्षाहरू लगायत जापानी भाषा एन-टु लेबल पनि उत्कृष्ट अंकका साथ पास गर्नुभएको छ ।

जापानका युनिभर्सिटिमा पढ़्ने नेपाली विद्यार्थीका लागी प्रशान्त एक प्रेरणाका श्रोत र एक सफल उदाहरण समेत बन्नुभएको छ । जापानमा पढ्ने धेरै नेपाली विद्यार्थीहरूले दक्षता र शिक्षासँगै कामको उत्कृष्ट अवसर समेत प्राप्त गर्न सक्षम छन् भन्ने तिवारीले प्रमाणित गरेका छन।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad