Advertisement
विज्ञापन

सुपादेउराली मन्दिर हल्लाले सदैन मन्दिर सरक्षण समिति



Exif_JPEG_420
Advertisement
विज्ञापन

निल नेपाली, अर्घाखाँची। सुपा देउराली मन्दिर कसैले स्थापना गरेको नभई मन्दिरको आफ्नो ऐतिहासिक र धार्मिक मान्यता रहेकोले सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ । नेपालकै एक धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मलेन गर्दै उक्त समाचारको खण्डन गरेको छ ।

समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै सुपा देउराली मन्दिर अन्त सार्ने कुरा नसोचेको स्पष्ट पारेको छ । समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ । कसैको व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणाबिना सञ्चारमाध्यममा ल्याइएको अफवाह प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको बताए ।


Advertisement
Advertisement
Advertisement

उनले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछि नलाग्न समेत अनुरोध गरे । सुपा देउराली मन्दिरमा भाकल गरे चिताएको काम पुरा हुने जनविश्वास रहेको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्नेलाई भीरमा टाँसिदिएको किम्वदन्ती रहेको छ ।

अहिले पनि उक्त भीर यथावत् रहेको छ । जुन लाहुरे टाँसिएको भीरको नामले निकै नै प्रसिद्ध रहेको छ।सुपा देउराली मन्दिरले त्यहाँ संकलन हुने भेटीले जिल्लाका चार वटा विद्यालयमा निजी शिक्षकहरूको तलब प्रदान गरिनुका साथै बिभिन्न सामाजिक काममा समेत प्रयोग गरिएको छ ।मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुँदै आएको थियो ।

पत्रकार सम्मेलनमा सितगंगा नगरपालिका वडा न २ का अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले सुपा देउराली कसैले बनाएको नभएकोले यसको अनाआबश्यक हल्लाको पछाडि नलाग्न सबैलाई अनुरोध गदै सुपा देउरालीको गरिमाम र महिमालाई अझ व्यापक रुपमा अगाडि बढाउनुपर्ने बताए कार्यक्रममा पुर्ब सचिब यादब प्र घिमिरे, प्रचार सयोजक टुल्क बहादुर थापा , पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नुभएको थियो स्थानीय व्यक्तिले मन्दिर सार्ने अभिव्यक्ति दिनुभएको थियो ।

मन्दिर सरक्षण समितिले सकलित भेटिबाट स्थानीय चार वटा सामुदायिक विधालयमा शिक्षकलाई मासिक तलब खुबाउने, सामाजिक तथा धार्मिक कार्य तथा दीर्घरोगीलाई सहयोग गदै आएको छ । कार्यक्रम सरक्षण समितिका अध्यक्ष फर्स ब केसीको अध्यक्षता सचिब हरि प्र खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेबी बुद्धिजिवी सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad