Advertisement
विज्ञापन

जोखिमयुक्त काम गर्ने ४३ जना श्रमिक नारीलाई सम्मान



Advertisement
विज्ञापन

तिलोत्तमा,२४ फागुन ।  अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले जोखिमपूर्ण काम गर्ने ४३ जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
नगरका विभिन्न वडाका डकर्मी, सिकर्मी, उद्योगमा मेशिन चलाउने लगायत जोखिमपूर्ण काम गर्ने महिलाहरुलाई जनही नगद ३५ सय र कदरपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खांणले वर्तमान संविधान महिलामैत्री रहेको र राजनीतिमा स्थनीय, प्रदेश र संघमा महिला प्रतिनिधित्व उल्लेख्य संख्यामा रहेको बताए । सबै वडा लाई आइ एस् ओ प्राप्त ओडा बनाउने । नगरपालिकाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम र उद्यमशीलता तालिम प्रदान गरेको बताए ।
नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले सन् १९१० बाट अन्तराष्ट्रिय श्रमिक नारी दिवस मनाउन शुरू भएपनि समान कामको समान ज्याला र समानताको अधिकारको माग अझै पूरा नभएको बताइन् । नारीलाई अधिकार दिन संविधान र कानुनमा लिपिबद्ध हुनुपर्ने बताइन् । महिलाका हक अधिकारका माग पूरा गर्न महिला एक्लै नभई पुरुषको पनि साथ चाहिने उपप्रमुख चौधरीले औंल्याइन् । उनले महिलालाई हेर्ने समाजको दृष्टिकोण पनि परिवर्तन हुन आवश्यक रहेको भन्दै नगरभित्र समान कामको ज्याला नपाए उजुरी गर्न आग्रह गर्दै अहिलेसम्म एउटा पनि उजुरी नआएको जानकारी गराइन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नगरस्तीय नेताहरुले बोल्दै तिलोत्तमा नगरपालिकालाई महिलामैत्री नगर बनाउनुपर्ने सुझाव दिएका थिए । नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी सम्झना भण्डारीले डकर्मी,मिस्त्री,अटो रिक्सा चालक,लेथ मेशिन चलाउने महिला,वायरिङ गर्ने महिला गरी ४३ जनालाई सम्मान गरिएको बताइन् । आगामी दिनमा अन्य विधाका महिलालाई पनि सम्मान गर्ने भण्डारीले बताइन्


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad