Advertisement
विज्ञापन

गुल्मीदरबार गाउँपालिकाद्वारा अविवाहितलाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले विभिन्न कारणले अविवाहित महिला र पुरुषलाई जनही मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाको आर्थिक बर्ष ०८०र०८१ को वार्षिक स्वीकृति सामाजिक सुरक्षा कार्यक्रम शिर्षकमा विनियोजित भएको बजेट बाट २०८० साल साउन देखि पुस सम्मको अविवाहित महिला १८ जना र पुरुष १६ जना गरि गाउँपालिका भित्रका ३४ जना अविवाहित नागरिकलाई सम्मान गरेको हो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै सभाका सभापति गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले यस्तो कार्यक्रम विरलै स्थानिय तह हरुमा मात्र भएको बताए । अहिलेदेखि सुरु गरिएको यो कार्यक्रम नहटाउने प्रतिबद्धता ब्याक्त गर्दै बजेटको व्यवस्थापन गरि अझ बढी सेवा दिने बताए ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी सातै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिका सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरेले गरेका थिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad