बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन्।
माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले दुई जना मन्त्रीलाई बर्खास्त गरिएको बताए । केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो ।