Advertisement
विज्ञापन

प्रहरीद्वारा गुल्मीमा शिवालय मन्दिर सरसफाइ



Advertisement
विज्ञापन

गुल्मी । महाशिवरात्रीको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले शिवालय मन्दिर सरसफाइ गरेको छ । नेपाल प्रहरी संघको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिका वडा न. ९ चारीखोलामा रहेको शिवालय मन्दिर सरसफाइ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएका प्रहरी अधिकृत तथा जवानहरुले मन्दिर परिसरमा रहेका फोहोर सरसफाइ गरेका थिए । हिन्दु धर्म मान्नेहरुले यहीँ फागुन २५ गते महाशिवरात्री पर्व मनाउँदै छन् । शिवरात्रीको दिन मन्दिरमा पूजाअर्चना गर्न आउने भत्तजनको सहजताको लागि मन्दिर परिसरमा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

चारीखोलामा रहेको मन्दिरमा शिवरात्रीका दिन पूजापाठ गर्न तम्घास बजारबाट भत्तजनको उल्लेख सहभागीता रहन्छ ।शिवालय मन्दिरमा घाँस तथा झाँडिको कारणले फोहोर बनेको थियो । सरसफाइ पछि मन्दिर चिटिक्क पारिएको छ ।


Advertisement
Advertisement
Advertisement

महाशिवरात्रीका दिन भगवान् शिवको पूजा गर्नुका साथै महिलाहरु व्रत समेेत गर्दछन् ।अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको सु–स्वास्थय ,दिर्घायुको कामना गर्छन् ।हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad