कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने
२१००
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी र रास्वपाबाट एक—एक जनालाई विना विभागीय मन्त्री बनाएका छन् । माओवादीले गठबन्धन बदलेपछि कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो रणनीति बनाउने भएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।