Advertisement
विज्ञापन

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेशन सम्पन्न



Advertisement
विज्ञापन

“प्रवासि भुमिमा हाम्रो एकता, सबै जिल्ला बासिहरूकाे प्रतिवद्वता भन्ने मुल नाराका साथ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण काेरियाकाे ७ औं अधिवेशन दाेदेमुन स्थिति थाई नेपाली रेष्टुरेन्टमा सम्पन्न भएको छ। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण काेरियाका अध्यक्ष हिमाल खनाल काे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रम राजदुत ज्याेतिष प्याकुरेल काे प्रमुख आतिथ्यता , एन.आर. एन. ए बुद्वि गुरूङ,विषिन गुरूङ,एन. सिसि अध्यक्ष हरि खनाल , एम . टि. यु अध्यक्ष उदय राई काे विशिष्ट आतिथ्यता रहेको थियाे । भने कार्यक्रमको सन्चालन संस्थाका महासचिव दिपक खनालले गर्नुभएको थियो। अधिवेशन बाट रूद्र पाैडेलकाे अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन भएको छ ।


Advertisement
Advertisement
Advertisement

जसकाे अध्यक्षमा रूद्र पाैडेल, बरिष्ठ उपाध्यक्ष बाबुराम पाेखरेल ,उपाध्यक्ष जितेन्द्र के.सि , मनाेज पाैडेल , नन्दराम पाैडेल, महिला उपाध्यक्षमा सुप्रभा घिमिरे ,महासचिव आविष्कार घिमिरे , सचिव मिलन के सि लगायत १८ सदस्यीय कार्यसमिति चयन भएका हाे ।

उक्त कार्यक्रममा अर्घाखाँची गृह घर भई रोजगारि, अध्ययन तथा विभिन्न शिल शिलामा दक्षिण काेरिया रहनु भएका दाजु भाइ दिदी बहिनी तथा अर्घाखाँची मञ्चलाई विभिन्न समयमा सहयोग पुर्याउने व्यक्तित्वहरू तथा कोरियामा रहेका सबै नेपालि संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा विभिन्न समयमा यस संस्थालाई सहयोग पुर्याएका व्यक्ति , तथा संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो।

सम्मान पत्र प्रदान कार्यक्रमका अध्यक्ष हिमाल खनाल, विशिष्ट अतिथि वुद्दि गुरुङ तथा विपिन गुरुङ र वरिष्ठ उपाध्यक्ष टिकाराम पोखरेले गरेका थिए । हिमाल खनाल काे अध्यक्षतामा र दिपक खनालकाे सञ्चालनमा सम्पन्न भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण काेरियाका नव निर्वाचित सचिव मिलन के. सि ले जानकारी दिए।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad