Advertisement
विज्ञापन

तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द



Advertisement
विज्ञापन

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्सेमा तीन पटकसम्म सर्किट ब्रेक लागेर आजलाई कारोबार बन्द भएको छ । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा उछाल देखिएको हो ।सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । त्यस्तै, २० मिनेटपछि खुलेको सेयर बजार १ मिनेटमै पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर फेरी, कारोबार खुलेको १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजलाई कारोबार नै बन्द भएको छ ।


Advertisement
Advertisement
Advertisement

सोमबार सेयर बजार परिसूचक ११७.७० अंक बढेर २०७८.०० को विन्दुमा पुगेको छ । जसमा आज ३३७ कम्पनीको कारोबार भएको छ । सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ ।

भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad