Advertisement
विज्ञापन

गुल्मीमा विद्यार्थीहरुका लागि युवा उद्यमशीलता तालिम आजबाट सुरु



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा विद्यार्थीहरुका लागि युवा उद्यमशीलता तालिमको सुरुवात गरिएको छ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र क्याम्पसको सह–आयोजनामा ७ दिने युवा उद्यमशीलता तालिम सुरुवात गरिको हो ।

कार्यक्रमको पहिलो दिन कार्यक्रमको उटघाटन गर्दै क्याम्पस प्रमुख हरि बहादुर खत्रीले विद्यार्थीहरुका लागि गरिएको यो कार्यक्रम बाट धेरै फाइदा पुग्ने बिश्वास व्यक्त गरे । विद्यार्थीहरुले सिकेको सीप कहि न कतै काम लाग्ने बताएका छन् ।


Advertisement
Advertisement

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख माधव अर्यालले बजारमा आवश्यक पर्ने सीपहरु विद्यार्थीहरुलाइ सिकाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पसमा अध्ययनरत केही विद्यार्थीको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कर्मचारी त्रीबिक्रम ज्ञवालीले गर्नुभएको थियो ।स्रोतःलाइभ गुल्मी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad