Advertisement
विज्ञापन

अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा भण्डारी



Advertisement
विज्ञापन

गुल्मी।अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा रेशमचन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । समाजको चौथो अधिवेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन । शनिबार रुपन्देहीको तिलोत्तमामा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा मनोज गौतम चयन भएका छन् । त्यस्तै समाजको द्वितीय उपाध्यक्षमा ओमप्रसाद अर्याल, सचिवमा रामचन्द्र अर्याल (आरसी), सह–सचिवमा सिर्जना अर्याल, कोषाध्यक्षमा चन्द्रबहादुर पराजुली र सह–कोषाध्यक्षमा भगवती पराजुली चयन भएका छन् ।

अधिवेशन अघि भएको उद्घाटन सत्रको एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले अर्जैबाट स्थायी तथा अस्थायी बसोबास गर्नेहरुबीच भाइचारा र एकता कायम गर्न समाजले भूमिका खेल्नुपर्ने बताए । साथै उनले समाज परिवर्तनका लागि समाजले विभिन्न रचनात्मक काम गर्न सुझाव समेत दिए । अधिवेशन समाजका अध्यक्ष यमबहादुर अर्यालको अध्यक्षतामा भएको थियो ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा रामचन्द्र अर्याल (आरसी)ले आर्थिक प्रतिबेदन उद्घाटन सत्रमा प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा स्वागत ओमप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज गौतमले गरेका थिए ।

समाजका नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजलाई अझ बढी गतिशिल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।उनले सामाजिक कार्यलाई समेत प्राथमिकतामा राखेर अघि बढ्ने बताए । साथै उनले समाजलाई अझ बढी बलियो बनाउन सवैलाई समेट्ने गरी अगाडि बढ्ने बताए । कार्यक्रममा अग्रज समाजसेवी तुल्सीराम अर्यालको उपस्थिति रहेको थियो

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad