Advertisement
विज्ञापन

बंगलादेशको एक रेस्टुरेन्टमा भिषण आगलागी हुदा ४३ जनाको मृत्यु



Advertisement
विज्ञापन

बंगलादेशको एक भवनमा भिषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको विभिन्न संचार माध्यमले जनाएको छ ।

समाचारमा जनाइएअनुसार बहुतले भवनमा लागेको आगो चाँडै फैलिएको थियो र दर्जनौं मानिस आगलागीमा फसेका थिए ।


Advertisement
Advertisement
Advertisement

ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् । रेस्टुरेन्ट रहेको भवन सात तलाको छ। यसमा धेरै रेस्टुरेन्ट, कपडा पसल र फोन पसलहरू रहेको बताइएको छ ।

आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको थियो । आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad