Advertisement
विज्ञापन

सुनको भाउ बढ्दा चाँदी स्थिर



Advertisement
विज्ञापन

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार प्रतितोला १ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला २ सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ भएको छ भनेतेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी,चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement