अर्घाखाँची पाणिनी गाउँपालिकाको दुर्गाफाटमा सातौं महोत्सव हुदैँ
अर्घाखाँची ।अर्घाखाँची पाणिनी गाउँपालिकाको दुर्गाफाटमा महोत्सव हुने भएको छ । पाणिनीको वडा नं. ८ दुर्गाफाट क्षेत्र स्थित कुरुले फाटमा यहि फागुन २४ गते देखि २८ गते सम्म सातौं पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०८० लाग्ने आयोजकले जनाएको छ।
महोत्सवमा चर्चित ख्याती प्राप्त कलाकार धुर्मुस सुन्तली, ज्योति मगर, एलिना चौहान, कुशल बेल्वासे, स्याम राना, बसन्त लम्साल लगाएतका दर्जनौ कलाकारको प्रस्तुति रहने पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले जानकारी दिए ।साथै स्थानिय कलाकार लाई बढी प्राथमिकता दिने आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा पाणिनी गाउँपालिका स्तरिय भलिबल, खुल्ला डान्स आइडल तथा पाणिनी गाउपालिका स्थरिय भजन प्रतियोगिता समेत हुने पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुव्र घिमिरेले जानकारी दिए ।मेलामा पाणिनी गाउँपालिकाको पहिचान सँगै स्थानिय धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रचारलाई समेत जोड दिईनेछ ।