Advertisement
विज्ञापन

सुपा देउराली मन्दिरमा नरिवल फुटाउने सरल यन्त्रको हस्तान्तरण



Advertisement
विज्ञापन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ मा रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र सुपा देउराली मोटरसाइकल पार्ट्सल द्वारा २ वटा नरिवल फुटाउने सरल यन्त्र सुपा देउराली मन्दिरको समितिलाई हस्तान्तरण गरेको छ।

पुरानो परम्परा देखि नै सुपा माईले “जे बर माग्यो त्यो पूरा हुनेू “विश्वास, मान्यता चली आएको सुपा देउराली मन्दिरमा दर्शन गर्न आउने भक्तजन हरुलाई सहजिकरण होस भन्ने धारणा ले उक्त क्लवले नरिवल फुटाउने सरल यन्त्र प्रदान गरेको बुझिएको छ।


Advertisement
Advertisement
Advertisement

रोट्रयाक्ट क्लबका उपाध्यक्ष्य , सुपा देउराली मोटरसाइकल पार्ट्स का प्रो. साथै अर्घाखाँची जिल्लाका पूर्व बासिन्दा (हाल बुटवलमा बसोबास गर्दै )श्री कृष्ण घिमिरेको कार्य नेतृत्वमा नरिवल फुटाउने सरल यन्त्र  हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न  भएको थियो।

उक्त कार्यक्रममा सुपा देउराली मन्दिर व्यवस्थापन समिति सदस्य श्री तुलका बहादुर थापा , नेपाल प्रहरी एस.आई. श्री बेगम रोका  साथै क्लबका वर्ष २०२३-२४ का अध्यक्ष रो. सुबिन खड्का एवंम उहाँको टिम र अन्तराष्ट्रिय  राे. क्रीष कुल १७ जनाको उपस्थित रहेको थियो।

कार्यक्रम हुने क्रममा मन्दिर व्यवस्थापक समितिका सदस्य ले मन्दिरमा यस्तै यन्त्रको आवश्यक परेको थियो भन्दै हर्षका साथ क्लब लाई धन्यवाद ज्ञापन गर्नु भयो । र क्लबका अध्यक्षले “यन्त्र धेरै वजनदार भएको हुँदा  स- साना बालबालिकालाई चलाउन नदिन  तथा भक्तजनले प्रयोग गर्दा  सावधानीका साथ प्रयोग गर्न सल्लाह सुझाव दिनु भएको थियो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad