Advertisement
विज्ञापन

गुल्मीको धागिथुम मन्दिरमा स्वस्थानी माताको पुजा सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा स्वस्थानी माताको मन्दिर पूजाआजा समापन गरिएको छ । गएको माघ ११ गतेदेखि सुरु भएको स्वस्थानी व्रत कथाको विधिवत् पुजा गरेर समापन गरिएको हो । यश भेगमै पहिलोपटक स्वस्थानी माताको मूर्ति बिधिवत रुपमा प्राणप्रतिष्ठा गरेर पुजा सुरु गरिएको थियो । स्वस्थानी माताको मन्दिर स्थापनासँगै अबप्रत्येक वर्ष पूजा तथा कथा बाचन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।

पुजा समापनमा यश भेगका श्रद्धालु भत्तजनको सहभागिता रहेको थियो । आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ ।


Advertisement
Advertisement
Advertisement

मन्दिरमा धार्मिक र पर्यटकीय महत्व रहेको छ । सोहि स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना गरेर पुजा गरिएको थियो । स्वस्थानी माताको मन्दीर पनि सोहि अनुसार आकर्षक रुपमा तयार गरिएको छ । निकै पुरानो भगवतीको मन्दिर रहेको स्थानमा स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।

तीन तले मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । जसमा छत्र सहित पाचँवटा गजुरसमेत रहेका छन् । मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण रहेको छ । नेपाली सेनाको व्यारेक परिसरमा स्वस्थानी माताको मन्दिर यश क्षेत्रमा नभएकाले भक्तजनको सहजताको लागि मन्दिर स्थापना गरिएको थापाले बताए ।

साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानीको व्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ ।

यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ । नेपालभुमि र श्रीस्वास्थानीको महत्व धेरै छ । स्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad