Advertisement
विज्ञापन

लुम्बिनी प्रदेश सरकारको बजेट ७ महिनामा २१ प्रतिशत खर्च



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा २१.८५ प्रतिशतमात्र बजेट कार्यान्वयन गर्न सकेको छ । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा १९.१९ प्रतिशत र चालुमा २५.४४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेकोमा माघ मसान्तसम्म ८ अर्ब ८४ करोड खर्च गरेको लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।


Advertisement
Advertisement
Advertisement

कुन मन्त्रालयको पुँजीगत बजेट कार्यान्वयन कति ?

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कार्यालय सहित १० मन्त्रालय छन् । जसमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत तर्फको बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रहेकोमा माघ मसान्तसम्म जम्मा दुई अर्ब १३ करोड ९७ लाख ७३ हजार ९ सय ६१ अर्थात् १६.०७ प्रतिशत खर्च गरेको छ ।खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगततर्फको बजेट ५ अर्ब ७० करोड ९६ लाख ६० हजार रहेकोमा एक अर्ब ३१ करोड १७ लाख ४९ हजार ३०१ रुपैयाँ अर्थात् २२ दशमलव ९७ प्रतिशत खर्च गरेको छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फको बजेट ८८ करोड ४२ लाख ४७ हजार रहेकोमा जम्मा १२ करोड नौ लाख ७० हजार १८४ रुपैयाँ अर्थात् १३ दशमलव ६८ प्रतिशत खर्च भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अहिलेसम्म चालु खर्च ६.१२ प्रतिशत र पुँजीगततर्फ ०.२७ प्रतिशत खर्च गरेको छ । यो मन्त्रालयमा पुँजीगततर्फ ६ करोड दुई लाख रुपैयाँ बजेट छ ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगततर्फको बजेट ५० करोड १७ लाख ५० हजार रहेकोमा जम्मा दुई करोड १९ लाख ३४ हजार ८ सय ६३ रुपैयाँ अर्थात् ४ दशमलव ३७ प्रतिशत खर्च गरेको छ ।अर्थ मन्त्रालयको पुँजीगत बजेट एक करोड रहेकोमा ९ दशमलव ४९ प्रतिशत खर्च भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको पुँजीगततर्फ १८ करोड ७७ लाख ९५ हजार बजेट रहेकोमा एक करोड ९१ लाख २७ हजार २५० रुपैयाँ अर्थात् १० दशमलव १९ प्रतिशत खर्च गरेको छ ।

स्वास्थ्य मन्त्रालयको एक अर्ब ५२ करोड ५६ लाख ९० हजार पुँजीगततर्फको बजेट रहेकोमा ६५ करोड २७ लाख ६ हजार ७२२ रुपैयाँ अर्थात् ४२ दशमलव ७८ प्रतिशत खर्च गरेको छ ।गृह मन्त्रालयको पुँजीगततर्फ ३१ करोड ८५ लाख बजेट रहेकोमा १२ करोड ६५ लाख ३२ हजार ६१५ अर्थात् ३९ दशमलव ७३ प्रतिशत खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयको ३९ करोड ९२ लाख १० हजार पुँजीगततर्फको बजेट रहेकोमा पाँच करोड ५७ लाख ८३ हजार तीन सय २१ रुपैयाँ अर्थात् १३ दशमलव ९७ प्रतिशत खर्च गरेको छ ।प्रदेश सभाको ७ करोड २२ लाख ५० हजार पुँजीगततर्फको बजेटमध्ये ९१ लाख ७७ हजार पाँच सय ५३ रुपैयाँ अर्थात् १२ दशमलव ७० प्रतिशत खर्च भएको छ ।

लुम्बिनी प्रदेश सरकारको चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेट विनियोजन गरेको छ । जसमा हालसम्म ४ अर्ब ३८ करोड अर्थात् २५ दशमलव ४४ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्राध्यापक एवं अर्थशास्त्री माधव कुमार पौडेलले बजेट खर्चको अवस्था निराशाजनक रहेको बताए । यही हिसाबले बजेट खर्च हुने हो भने अबको ५ महिनामा विकास बजेटको खर्च ५० प्रतिशत पुर्याउनका पनि सकस हुने उनको भनाइ छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad