Advertisement
विज्ञापन

नेप्सेको ओरालो यात्रा कायमै



Advertisement
विज्ञापन

काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप पौने दुई अङ्कले घट्न पुगेको छ । आइतबार नेप्से सूचक २७।२१ अङ्कले घट्दै २ हजार ३४।८२ अङ्कमा झरेको थियो । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १।७६ अङ्कले घट्दै २ हजार ३३।०६ अङ्कमा झरेको हो ।

आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।


Advertisement
Advertisement
Advertisement

तथापि, पौने दुई अङ्कले नेप्से घटेको यस दिन ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad