Advertisement
विज्ञापन

लुम्बिनी प्रदेश निजामती सेवा नियमावली स्वीकृत



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नियमावली स्वीकृत गरेको हो ।

ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरू बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको सरकारले बताएको छ ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरूको व्यवस्थापन र वृत्तिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए ।
उनले प्रदेशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad