Advertisement
विज्ञापन

बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी । बुटवल जेसीज वर्ष-२०२४ को प्रथम साधारण सभा फाल्गुण ५ गते सम्पन्न भएको छ। बुटवल जेसीजका बोर्ड पदाधिकारी, डाइरेक्टर, सल्लाहकार, पुर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा बुटवल जेसीजको सचिवालयमा साधारणसभा सम्पन्न भएको हो ।

बुटवल जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभामा मिडिया संयोजक नारायण घिमिरे ” भावुक” को आस्था वाचन, पब्लिक रिलेसन डाइरेक्टर जेसी ओमहरी आचार्यको स्वागत मन्तव्य रहेको थियो ।


Advertisement
Advertisement
Advertisement

साधारण सभामा अध्यक्ष घिमिरेले वार्षिक कार्ययोजनाको प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष यदुमणी पोख्रेलले वार्षिक प्रस्तावित आयव्याय प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी महाहासचिव जेसी केशव श्रीसले साधारण सभामा प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो । सभामा १० जनाले १ मिनेट ३० सेकेन्डमा आफ्नो बिज्नेस प्रमोसन प्रस्तुत समेत गर्नुभएको थियो । र अन्त्यमा जेसी रमेश पाण्डे ज्यूको धन्यवाद मन्तव्य पश्चात् प्रथम साधारणसभा समापन भएको थियो ।

बुटवल जेसिज ५० वर्षे विरासत बोकेको बुटवलका युवाहरु अग्रणी स्थानमा रहेको संस्था मध्येको एक संस्था हो । जसमा १८ देखि ४० वर्ष भित्रका १०१ जना युवाहरु सदस्य रहेका छन् ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad