रक्तदाता स्वयंसेवी समाज गुल्मीको अध्यक्षमा भेषराज पाण्डे निर्वाचित
गुल्मी । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा भेषराज पाण्डे (धुव्र पाण्डे) निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सदस्यीयता चयन हुनेहरुमा उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा बीरबहादुर कार्की, कोषाध्यक्षम विष्णुप्रसाद अधिकारी रहेका छन् ।त्यस्तै सदस्यहरुमा देवरीराम पाण्डे, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्यम पन्थी रहेका छन् ।
ब्लड बैंक नभएको गुल्मी जिल्लामा रगत अभावको परिपुर्ति गर्न नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले काम गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।हाल एक सय २० जना आजिवन सदस्य रहेको यस संस्थाले सहयोगी संस्थाको सहकार्यमा गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ ।
रगत अभावमा कुनै बिरामीको ज्यान नजाओस भन्ने उद्देश्यले रक्तदाता स्वयंसेवी समाजले निःशुल्क रुपमा काम गर्दै आएको छ ।संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, नेपाल रेडकक्रस सोसाइटी,संग्राम सार्दुल गुल्मी,संचार माध्यम लगायत विभन्न सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आईरहेको छ ।
गुल्मी अस्पतालमा डाईलोसिस सेवा सरु भएलगतै रगतको आवश्यकता पनि बढ्ने भएकाले प्रत्यय पालिकामा रक्तदान कार्यक्रम आयोजना गरि रगतको अभाव हुन नदिने र अगामी दिनहरुमा पनि संस्थाले यसरी नै सेवा प्रदान गर्ने अध्यक्ष पाण्डेले बताउँनुभयो।