Advertisement
विज्ञापन

शिक्षाका लागि ठूलो रकम बाहिरियो, अब रोक्नुपर्छ : प्रधानमन्त्री



Advertisement
विज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव रोक्नुपर्ने बताएका छन्। भारतीय विश्वविद्यालय सङ्घ एआइयु उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए।

शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेकाले यो प्रवृत्ति रोक्नुपर्ने उनले बताए । प्रधानमन्त्री दाहालले नेपालमै विश्वव्यापीरूपमा अवसर खोज्नेका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणबारे पुनस् मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।


Advertisement
Advertisement

विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad