Advertisement
विज्ञापन

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु



Advertisement
विज्ञापन

रुपन्देही । कपिलवस्तुको सुरईनाका खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका छन् ।दुर्घटनाका घाइते भएकाहरू मध्ये सामान्य केहीको कपिलवस्तुकै चन्द्रौटामा उपचार भैरहेको छ भने अन्य केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस महेन्द्रनगरबाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो ।


Advertisement
Advertisement
Advertisement

सुनौलो यातायात प्रालिको उक्त बस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै घटनास्थलबाट समयमै उद्धार गरेको छ । रातिदेखि नै आफूहरू उद्धारका लागि घटनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।

 



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad