Advertisement
विज्ञापन

सहकारीहरुको लगानी घरजग्गामा बन्द गर्न रास्वपाको माग



Advertisement
विज्ञापन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहकारीहरुले घरजग्गामा गर्ने लगानी बन्द गर्न सरकारलाई आग्रह गरेको छ । सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउंदै रास्वपाले यस्तो माग गरेको हो ।

स्वपा सहभापति रवि लामिछानेले उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको प्रतिवेदन बालुवाटारमा पुगेर बुझाएको हो। ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने रास्वपाले बताएको छ ।


Advertisement
Advertisement

 

रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

सहकारीको कारणले सर्वसाधारणको करोडौं रकम फसेपछि रास्वपाले समाधानको उपाय पहिल्याउन सरकारलाई दबाब बढाएको हो। यद्यपी, पछिल्लो सयम रास्वपा सभापति लामिछानेमाथि पनि विभिन्न सहकारीको रकम अबचलन गरेको आरोप लागेको छ। तर, उनले आफूले कुनै सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै आइरहेका छन्।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad