Advertisement
विज्ञापन

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?



Advertisement
विज्ञापन

सुनको भाउ स्थिर नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


Advertisement
Advertisement

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ।आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement