अधिकांश बैंकहरूले घटाए ब्याजदर
काठमाडौं ।अधिकांश वाणिज्य बैंकहरूले फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।
४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको छ, जुन ब्याजदर १० वर्षभन्दा माथि अवधिको लागि एनएमबीले प्रकाशन गरेको हो ।
फागुन महिनाका लागि बैंकहरूले ब्यक्तिगत मुद्दति निक्षेपमा तोकेको अधिकतम ब्याजदर सूची :
बैंक | माघको ब्याज | फागुनको ब्याज |
कृषि विकास | ७.२६ | ६.४४३ |
एभरेष्ट | ८ | ८ |
नेपाल | ८ | ७.२५ |
लक्ष्मी सनराइज | ८ | ८ |
माछापुच्छ्रे | ८ | ८ |
एनआईसी एसिया | ८.०६५ | ८ |
प्रभु | ८.०६५ | ७.५ |
स्टान्डर्ड चार्टर्ड | ८.०७ | ७.३५ |
राष्ट्रिय वाणिज्य | ८.०७ | ७.३५ |
नबिल | ८.१ | ७.७५ |
ग्लोबल आईएमई | ८.१ | ७.६ |
सिद्धार्थ | ८.१ | ८ |
प्राइम कमर्सियल | ८.१ | ७.४ |
कुमारी | ८.११ | ८.०१ |
सानिमा | ८.१५ | ७.५१ |
हिमालयन | ८.१५ | ८.१५ |
नेपाल एसबीआई | ८.२५ | ८.१ |
नेपाल इन्भेष्टमेन्ट | ८.६ | ८ |
एनएमबी | ९ | ८.५ |
सिटिजन्स | ९.१५ | ८.२५ |