Advertisement
विज्ञापन

गुल्मीको मैनडाँडा माविलाई पूर्व विद्यार्थी मञ्चले दियो साउन्डसिस्टम



Advertisement
विज्ञापन

गुल्मी । पूर्व विद्यार्थी मञ्चले आफुले अध्ययन गरेको मैन डाँडा माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ३ मा रहेको विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दा साउण्ड सिस्टम आवश्यक पर्ने भएकोले प्रदान गरिएको पूर्व विद्यार्थी मञ्च सचिव जनक पन्थले बताए ।
कार्यक्रममा सो वडाका वडाअध्यक्ष तेजकान्त अर्याल, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष लेखनाथ कंडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा र प्रधानाध्यापक अमृता थापालाई साउण्ड सिस्टम प्रदान गरेका थिए ।


Advertisement
Advertisement
Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद शर्माले विद्यालयको आवश्यकता महसुस गरेर सामाग्री प्रदान गरेकोमा पूर्व विद्यार्थी मञ्चलाई धन्यवाद दिए ।यश विद्यालयमा अध्ययन गरेर पूर्व विद्यार्थी भइसकेपछि पनि देखाउनु भएको सद्भाव अतुलनीय रहेको उनले बताए । कार्यक्रम वडाअध्यक्ष अर्यालले पूर्व विद्यार्थी मञ्चले गर्दै आएको रचनात्मक कार्यको प्रसंशा गरे ।

उनले समाज यस्ता सत्कर्म सबैले सिक्न गर्न जरुरी रहेको उल्लेख गरे । पूर्व विद्यार्थी मञ्चले गतवर्ष विद्यालयमा निःशुुल्क स्वास्थ्य शिविर राखेको सचिव पन्थको भनाइ छ।कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, लगायत पूर्व विद्यार्थी मञ्चका सदस्य तथा समाजसेवी व्यात्तित्वहरुको सहभागीता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad