Advertisement
विज्ञापन

बुटवल जेसीजमा बहुशाखा पदाधिकारी तालिम सम्पन्न



Advertisement
विज्ञापन

गुल्मी।बुटवल जेसीजको आयोजना तथा छिमेकी शाखाहरु बुटवल लेडी जेसीज, कञ्चन जेसीज, सैनामैना जेसीज, शुद्धोन जेसीज, तिलोतमा जेसीज, सिदार्थ लेडी जेसीज, रामग्राम जेसीज, रामग्राम लेडी जेसीजको सहआयोजनामा आज बुटवल जेसीजको सचिवालयमा १ दिने बहुशाखापदाधिकारी तालिम सम्पन्न भएको छ। तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले बहुशाखा पदाधिकारी तालिम को आयोजना गरेको हो ।

बुटवल जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षता साथै प्रदेश सभा सदस्य माननीय जमुना ढकालको प्रमुखआतिथ्यता, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र घ निरुपित जेसीआई सिनेटर सन्दिप अग्रहरीको बिशिष्टअातिथ्यतामा तालिम सम्पन्न भएको थियो।  तालिममा प्रमुख अतिथीको मन्तव्य राख्दै माननीय ढकालले जेसीजले धेरै भन्दा धेरै युवाहरुलाई सदस्य बनाउदै सकरात्मक परिवर्तनकोबाटोमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।


Advertisement
Advertisement
Advertisement

विशिष्ट अतिथि सिनेटर सन्दिप अग्रहरीले जेसीज सदस्यहरुलाई सक्रियताका साथ शाखामा कार्यक्रममा सहभागिता जनाउने, धेरै भन्दाधेरै सदस्यलाई अवसरको सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो, साथै आफु व्यक्तिगत क्षेत्रको का.का. उपाध्यक्ष भएकाले तालिममा बढिजोड दिन समेत अनुरोध गर्नु भयो। बुटवल जेसिजका पूर्व अध्यक्षहरु लालहरि पाण्डे, राजिव गौतम र मथुरा पिया ले कुशल नेतृत्व र

आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुन साथै संगठनात्मक संरचना र आफ्नो क्षेत्र को बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ! सोहि कार्यक्रम मा नेपाल जेसीजका रास्ट्रीय उपाध्यक्ष जेसी राजन पौडेल , सैनामैना जेसीजका अध्यक्ष जेसी शिशिर ज्ञवालि, तिलोत्तमा जेसीजका अध्यक्ष जेसी महेश पौडेल र नेपाल जेसीजका रास्ट्रीय उपाध्यक्ष जेसी राजन पौडेल ज्यूले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

बुटवल जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष एवं सदस्यहरु र ९ शाखाका जेसिहरुको प्रतिनिधित्वमा बुटवल जेसिजको सचिवालयमा माघ २७ गते सम्पन्न बहुशाखा पदाधिकारी तालिम मा कार्यक्रममा तालिम संयोजक जेसी विकाश पन्थीको आस्था पाठ , रामग्राम लेडी जेसीजका सह सचिव जेसी लक्ष्मि चौधरिको मिसन भिजन वाचन, बुटवल लेडि जेसीजका अध्यक्ष जेसी सङिता ढकालको स्वागत मन्तव्य एवं महासचिव केशव श्रीसको संचालनमा रहेको मिडिया संयोजक नारायण घिमिरे “भावुक” ले जानकारी गराउनुभयो ।

जेसिज एउटा परिवार भएकाले बन्धुत्वको भावना अनुरुप जेसिजको आस्थालाई आत्मासात् गर्दै जेसिज शाखाको पनि प्रतिनिधित्वको अवसर प्रदान गरेको अध्यक्ष विनोद घिमिरेले बताउनु भयो । साथै जेसीहरुले आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुन साथै संगठनात्मक संरचना र आफ्नो क्षेत्रमा प्रष्ट हुनका लागि यो तालिम आफैमा अत्यन्तै महत्त्वपूर्ण भएको समेत उहाँले बताउनुभयो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad