Advertisement
विज्ञापन

तेस्रो शितगङ्गा महोत्सवको समापन



Advertisement
विज्ञापन

अर्घाखाँचीशितगङ्गामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । शितगङ्गा उद्योग वाणिज्य संघको आयोजनामा २०८० माघ १२ गते देखि सुरु भएको महोत्सव आज २०८०माघ २५ सम्पन्न भएको हो। महोत्सव माघ १२ गते देखि माघ २३ गते सम्म संचालन गर्ने भनेतापनि महोत्सव चहलपहल बढेपछी दुई दिन थप गरेर माघ २५ गते सम्म मेला संचालनमा ल्याईएको थियो। मेलाको सम्पुर्ण ब्यबस्थापनको जिम्मा एस.के शर्माले लिनु भएको थियो।

मेला लगाएको २/४ दिन सम्म खासै रौनक थिएन बिस्तारै दर्शकहरु आउन थालेपछी महोत्सवले पिकअप लिएको शर्माले बताउनु भयो। मौसम खराबीले गर्दा २ जना राम्रा कलाकार ल्याउन सकिएन त्यसमा हामी माफि चाहन्छौ। लोकदोहोरी गायिका ज्योती मगर,लोक दोहोरी गायक टंक तिमिल्सिना आउने भनेर प्रचार समेत गरियो मौसम खराबीको कारण ल्याउन सकिएन।


Advertisement
Advertisement

स्थानिय तथा राष्टिय कलाकार चन्द्र शर्मा खेम सेन्चुरी,बन्द्री पङ्गेनी,कुलेन्द्र बिस्वकर्मा,सम्झना लामिछाने,श्रीकृष्ण बम मल्ल,हास्य कलाकार धुर्मुस सुन्तलि,बाल कलाकार सुप्रीम मल्ल ठकुरी लगाएतले महोत्सवमा आएर आफ्नो प्रस्तुति दिएका थिए।समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य माननिय रामजी प्रसाद घिमिरे,बिशिस्ट अतिथी शितगङ्गा नगर उप-प्रमुख गिता भाट,प्रशासकिय अधिकृत अर्जुन शर्मा,विभिन्न वडाका वाड अध्यक्षहरु इलाका प्रहरी ठाडाका प्रमुख ऋषि राम घर्ती मगर,

विभिन्न संघ सस्थाका लगायत पार्टिका प्रतिनिधीहरुको आतिथ्यतामा शितगङ्गा उद्योग बाणिज्य संघ अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षतामा,राष्ट्रिय लोकदोहोरि गायक कुलेन्द्र बिश्वकर्मा गायिका संगीता चितौरे,स्थानिय कलाकार शितगङ्गा डान्स ग्रुप,शितगङ्गा डान्स आईडलको फिनाले लगाएतको कार्यक्रम गरेर महोत्सव समापन भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरे यस्ता मेला महोत्सवले जिल्ला,नगर,स्थानिय कला र गला भएका भाई बैनिहरुलाई चिनाउन मद्धत गर्ने बताउनु भयो। यस्ता कार्यक्रमलाई स्थानीय सरकार प्रदेश सरकारले संरक्षण गर्नु पर्ने बताउनु भयो। स्थानिय बजार चहलपहल हुने स्थानीय उत्पादनलाई टेवा पुग्ने बताउनु भयो।

अहिले देशमा उद्योग व्यवसायी भन्दा भिन्न प्रकृतिका विभिन्न क्लब संघ संस्थाहरूले पनि महोत्सव गरेर व्यक्तिगत फाइदा लिने काम भइरहेकाले राज्यले यस्ता संस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने बताए । स्थानीय सरकारले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए पाल्पाका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफू तयार रहेको समेत घिमिरे प्रतिबद्धता जनाए ।

सितापुरको गैरीखेतमा सञ्चालन भएको महोत्सवको शितगङ्गा उद्योग वाणिज्य अध्यक्ष अधिकारिले माघ २५ गते बिहिबार समापन गर्दै निजी क्षेत्र र सरकार एकापसमा मिलेर काम गर्नुपर्ने बताए । अहिले देश चरम आर्थिक सङ्कटमा गुज्रिएकाले आर्थिक चलायमान गर्न,व्यापार व्यावसाय बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।

तेह्रौं दिनसम्म चलेको महोत्सवमा करिब रु-दुई करोड बराबरको कारोबार भएको तथा करिब २० देखि २५ हजार दर्शकले मेला अवलोकन गरेको संघका अध्यक्ष चिन्ताराज अधिकारिले जानकारी दिए । स्थानीय उत्पादन,कृषि,घरेलु,स्थानिय मह,कुराउनी,घर सजावटका लागि फुल गमला  ढाका लगायतका विभिन्न वस्तु मेलाको आकर्षण थिए ।

विभिन्न माध्यममा टीका टिप्पणी आएपनी महोत्सव सफल भएको छ ।मेरो कार्यकालमा ३ ओटा महोत्सव लगाउन सफल भएका छौ । मेरा सहकर्मी सबैलाई धन्यबाद साथै बिभिन्न माध्यम सपोर्ट गर्ने संघ सस्था सबैलाई अधिकारिले बिषेश धन्यबाद सहित आभार प्रकट गर्नु थियो।

मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जाने भएकाले उद्योगी व्यवसायी सङ्घसंस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्छ”, उनले भने, “महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने हुँदा मेला सञ्चालनमा उद्योग वाणिज्य संघले राम्रो भूमिका खेलेको छ।”

तेस्रो शितगङ्गा आईडल बन्न सफल अबिस्का पुन मगर,द्वितीय स्थान मनिषा नेपाली,तृतिय स्थान अविना गुरुङ्ग,र सान्त्वनामा निरुता बेल्बासे,निरुता सुनार,आयुषा नेपाली रहेका छन। प्रथम हुनेलाई ३० हजार नगद मेडल ट्रफी र प्रमाण पत्र,द्वितीय हुनेलाई २० हजार नगर ट्र्फि मेडल र प्रमाणपत्र तेस्रो हुनेलाई १० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र आईडल संयोजक डान्सर मोडल

सुमन पौडेलले हस्तान्तरण गर्दै आगामी दिनमा डान्सर बन्ने ईच्छा भएका भाईबैनिहरुलाई मेरो सदैव सपोर्ट रहने पौडेलले बताए। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री माननिय रोज रानाले गर्नु भएको थियो भने समापन लुम्बिनी प्रदेशकै सदस्य माननीय रामजी प्रसाद घिमिरेले गर्नु भएको थियो ।स्रोतः अर्घाखाँची बुलेटिन



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad