Advertisement
विज्ञापन

धुर्काेट गाउँपालिकामा किसानलाई राँगा वितरण



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिकामा किसानलाई राँगा वितरण गरिएको छ । धुर्काेट गाउँपालिका र धुर्काेट कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट राँगा वितरण गरिएको हो ।

गाउँपालिकाकाे पशु विकास शाखाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वडामा बिउका लागि राँगा वितरण गरिएको हो । प्रत्येक वडामा १/१ वटा गरी सात वटा राँगा वितरण गरिएको हो । उन्नत जातका राँगा बिउका लागि वितरण गरेको धुर्काेट गाउँपालिका पशु शाखा प्रमुख भरत खड्काले जानकारी दिए ।


Advertisement
Advertisement

शुक्रबार गाउँपालिकाकाे केन्द्र बर्बाेटबाट प्रत्येक वडालाई राँगा वितरण गरिएको हो। गाउँपालिकाले ५० हजार रुपैयाँका दरले तीन लाख ५० हजार रुपैयाँमा खरिद गरिएको थियो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पाेखरा कास्कीबाट ल्याएर राँगा वितरण गरिएको थियो।गाउँपालिकाले यस कार्यक्रमबाट दुधमा आत्मनिर्भर हुने अपेक्षा लिएको छ । यसअघि धुर्काेट मासुमा आत्मनिर्भर भइसकेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad