Advertisement
विज्ञापन

बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै



Advertisement
विज्ञापन

बुटवल । बुटवल जेसिजले यहि माघ २७ गते एक दिने Multi Chapter LOM Officer Training संचालन गर्ने भएको छ । तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले Multi Chapter LOM Officer Training को आयोजना गरेको हो ।

बुटवल जेसिजका सल्लाहकार तथा पुर्व अध्यक्ष एवं सदस्यहरुलाई र इच्छुक शाखाका जेसिहरुले २७ गते LOM Officer Training लिन सक्ने बुटवल जेसिज वर्ष २०२४ का महासचिव जेसी केशव श्रीसले जानकारी दिनुभयो । जेसिज एउटा परिवार भएकाले बन्धुत्वको भावना अनुरुप जेसिजको आस्थालाई आत्मासात् गर्दै जुनसुकै जेसिज शाखाका जेसीहरुले पनि तालिम लिन सक्ने अवसर प्रदान गरेको बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले बताउनु भयो ।


Advertisement
Advertisement
Advertisement

साथै जेसीहरुले आफ्नो कर्तव्य र दायित्वमा स्पष्ट हुनका लागि यो तालिम आफैमा अत्यन्तै महत्त्वपूर्ण अवसर भएको समेत उहाँले बताउनुभयो । माघ २७ गते हुने Multi Chapter LOM Officer Training बुटवल जेसिजको सचिवालयमा

बिहान ८ बजे देखि संचालन हुने र तालिम पश्चात् तालिमकर्ता जेसीहरुले आफ्नो पदिय कर्तव्य र दायित्व बोधमा स्पष्ट हुनुका साथै सम्बन्धित संगठनात्मक संरचना र आफ्नो क्षेत्रमा प्रष्ट हुने बुटवल जेसिज वर्ष २०२४ का मिडिया संयोजक जेसी नारायण घिमिरे “भावुक” ले जानकारी गराउनुभयो ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad