Advertisement
विज्ञापन

गुल्मीमा सवारी साधनको भाडा घट्यो



Advertisement
विज्ञापन

गुल्मी । गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो। बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो ।

सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


Advertisement
Advertisement
Advertisement

समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् ।

तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैयाँ घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दरअनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण भेगका सडकहरु स्तरोन्नतीसँगै सडक ग्राभेल र कालोपत्रे हुन थालेका छन्, जसले गर्दा सवारी साधानहरुले भाडा दर घटाएर लिनुपर्ने माग नागरिकको छ ।

जिल्लाका अन्य सडकको अवस्थाको आधारमा भाडादर हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सडकहरुको अवस्था र यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँगको छलफलपछि अन्य सडकहरुको पनि भाडा दर समायोजन गरिने प्रशासनले जनाएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad