Advertisement
विज्ञापन

सभामुखसहितलाई १३ प्रकारका सेवा–सुविधा



Advertisement
विज्ञापन

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुखदेखि सांसदसम्मलाई १३ प्रकारका सेवा–सुविधा उपलब्ध हुने व्यवस्था छ । लुम्बिनी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ले सभामुख, उपसभामुख, विपक्षी दलको नेतादेखि लिएर प्रदेशसभा सदस्यहरूसम्मलाई सेवा–सुविधा निर्धारण गरेको छ ।

जस अनुसार मासिक पारिश्रमिक, बैठक भत्ता, आवास, फर्निचर, सवारी इन्धन, मोबिल, बिजुली÷धारा, सञ्चार, आन्तरिक भ्रमण, वैदेशिक भ्रमण र यातायात सुविधा शीर्षकमा सेवा–सुविधा उपलब्ध गराइन्छ । यस अतिरिक्त निजी सचिवालय व्यवस्थापन र अतिथि सत्कारबापत पनि मासिक रकम उपलब्ध गराउने व्यवस्था छ।
सो ऐन बमोजिम नै सभामुख, उपसभामुख तथा विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र सांसदहरूले सुविधा प्राप्त गर्दै आएका छन् । जसअनुसार सभामुखको ६१ हजार ४८० रुपैयाँ, उपसभामुख र विपक्षी दलको नेताको ५८ हजार, सत्ता पक्षको प्रमुख सचेतकको ५६ हजार ६८०, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति र दलको सचेतकको ५५ हजार ६८० रुपैयाँ मासिक पारिश्रमिकको व्यवस्था छ । यस्तै, प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ तोकिएको छ ।
उनीहरू सबैलाई प्रतिबैठक भत्ता १ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । आवास सुविधा बापत विपक्षी दलको नेतालाई मासिक २५ हजार, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतक र प्रदेशसभा सदस्यलाई मासिक १७ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यस्तै सरकारी घरको बन्दोबस्त नभएमा फर्निचरका लागि उनीहरूलाई एकमुस्ट ४५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।
सभामुखलाई मासिक २४० लिटर पेट्रोल, उपसभामुख र विपक्षी दलको नेतालाई २०० लिटर, सत्ता पक्ष, प्रतिपक्षको प्रमुख सचेतक, विषयगत समितिका सभापति, दलको प्रमुख सचेतकलाई १५० लिटर पेट्रोल र मोबिल त्रैमासिक रूपमा १० लिटर उपलब्ध गराइन्छ भने प्रदेशसभा सदस्यले बैठकको दिन यातायात खर्च बापत ५०० रुपैयाँ प्राप्त गर्दछन् ।

Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad