Advertisement
विज्ञापन

सुनचाँदि भाउ घट्यो



Advertisement
विज्ञापन

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ। लगातार पाँच दिन बढेको सुनको भाउ आइतबार भने घटेको छ। यो पाँच दिनमा सुनको भाउ एक हजार पाँच सय रूपैयाँ बढ्न पुगेको छ।

सोमबार प्रतितोला तीन सय, मंगलबार पनि प्रतितोला तीन सय, बुधबार प्रतितोला एक सय, बिहीबार प्रतितोला पाँच सय र शुक्रबार प्रतितोला तीन सय रूपैयाँ गरी सुनको भाउ पाँच दिनमा प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको थियो।


Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement