Advertisement
विज्ञापन

प्युठानमा बेवारीसे अवस्थामा नवजातशिशु फेला



Advertisement
विज्ञापन

प्युठान । प्युठानको जुम्रीमा एक नवजात शिशु बेवारीसे अवस्थामा फेला परेका छन । बुधबार जुम्री बजार नजिकैको बाख्रा बस्ने छाप्रोमा बेबारिसे अवस्थामा शिशु भेटिएको स्थानीय चन्द्र बहादुर सुनारले जानकारी दिए ।

सेतोमसीसंगको कुराकानीमा उनले सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको शिशु भेटिएको बताए । उनका अनुसार बिहान ४ बजेतिर शिशु रोएको आवाज सुनिएको तर बिरालो कराएको ठानेर वास्ता नगरीए पनि बिहान ६ः१५ बजे पथयात्रीले देखेर उनलाई खबर गरेका थिए।


Advertisement
Advertisement

स्थानीयले खबर गरेपछि शिशुलाई इलाका प्रहरी कार्यालय विजुवारमा लगिएको छ। अहिले शिशुलाई जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको प्रहरीले जनाएको छ ।बच्चा कसले जन्माएर फरार भएको हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।स्रोतःसेतोमसी



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement