Advertisement
विज्ञापन

६२औँ नेपाल नर्सिङ दिवस मनाइंदै



Advertisement
विज्ञापन

बुटवल । आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।

नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने नर्सहरु हुन्।


Advertisement
Advertisement
Advertisement

नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९४८ नर्स दर्ता छन्। यस्तै १ हजार ५०७ जना स्पेशल नर्सहरु रहेका छन भने ८ सय ४९ जना विदेशी नर्सहरु नेपालमा कार्यरत रहेका छन। यस्तै ६६ जना मिडवाइ, ३७ हजार ३८३ जना अनमी रहेका छन्।

एकजना नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था विश्व स्वास्थ्य संगठनले गरेको छ। तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ।

उचित पारिश्रमिक अभाव, कामको ग्यारेन्टी नहुने आर्थिक सामाजिक सुरक्षा नहुँदा नर्सहरुको विदेश पलायन बढ्दो छ । नेपालकै ठूलो शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले राजिनामा दिएर बर्षेनी ३ सय नर्सहरु विदेश पलायन हुने गरेका छन्।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad